काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सबै दललाई ‘नवीन समझदारी’मा आउन आह्वान गरेको छ । आईतबारको प्रदर्शनपछि सोमबार दिउँसो बसेको राप्रपा पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाण्डुमा भएको प्रदर्शनले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको निष्कर्ष निकालेको छ । प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आम नागरिकको विशाल र उत्साहजनक उपस्थितिले…