काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले कोसी प्रदेशसभालाई सम्बोधन गर्दा बहिष्कार गर्ने भनिरहेका विपक्षी दलहरू पनि सहभागी हुने भएका छन्। आज प्रदेश सभामा हुने प्रधानमन्त्रीको सम्बोधनमा माओवादी र एकीकृत समाजवादी सहभागी हुने भएका हुन्। आज मंगलबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलपछि विपक्षीहरू पनि प्रदेशसभा बैठकमा सहभागी हुने भएका हुन्। कोशीका विपक्षीको ‘कन्सर्न’ लाई मुख्यमन्त्री कार्कीले ‘सकारात्मक रूपमा…