एनआरएनएको महाधिवेशन अक्टोबरमा गर्ने सहमति

काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन आगामी अब्टोबरमा हुने भएको छ । एनआरएनएका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् । सर्वोच्च अदालतको परमादेशबाट ब्युँतिएको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मई महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको थियो । तर महाधिवेशनको प्राविधिक तयारीका…