पूर्वराजा शाहको पक्षमा काठमाडौंमा शक्ति प्रदर्शन हुँदै,सुरक्षा व्यवस्था कडा

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका हुन्। फागुन ७…