राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली

काठमाण्डु - नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न अपील गरेका छन्। बुधबार नेपाल संवत् ११४६ को अवसरमा शुभकामना सन्देशमार्फत उनले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति रहेको बताएका हुन्। शुभकामना सन्देशमा उनले सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।…