काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे राजनीतिक दलहरूसँग मंगलबार बालुवाटारमा छलफल गर्दैछिन् । छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलहरूका शीर्ष नेतासहित निवर्तमान संसद्मा प्रतिनिधित्व गरेका अन्य दलका नेताहरू पनि सहभागी भइरहेका छन् । प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्यले संवाद थालेकी हुन्…