आजबाट पशुपतिका चारवटै ढोका खोलिए

काठमाण्डु-सौरमासअनुसार पहिलो साउने सोमवारको व्रत आजदेखि सुरु भएको छ । आज सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमवार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमवार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार…