काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनका छोराले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले पौडेका छोरा चिन्तनको भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारी गलत भएको भन्दै आपत्ति जनाएका हुन् । ‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक…