टेनिसको सेमिफाइनल हारेपछि कमल थापाले भने – स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य हो

काठमाण्डुु - राष्ट्रिय (प्रजातन्त्र पार्टी) का नेता तथा लनटेनिसका दिग्गज खेलाडी कमल थापा हाल राजनीतिक प्रतिस्पर्धाबाट निस्केर खेलकुदको प्रतिस्पर्धामा व्यस्त छन् । पोखरामा जारी लन टेनिस प्रतियोगितामा भिडिरहेका उनी आज सेमिफाइनलमा पराजित भएका हुन् । पोखरा रंगशालामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत ५५ वर्ष उमेर समूहको सेमिफाइनलमा उनलाई पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण…