बाँकेको डुडुवामा चोर समाउन प्रहरीले चलायो गोली, तीन जना घाइते

काठमाण्डु – चोरी मुद्दामा ६ वर्ष सजायँ पाएका बाँकेको डुडुवा गाउँपालिका–६ शिखनपरुवाका सरमानसिंह सरदारलाई पक्राउ गर्न गोली चलाएको छ । सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए। स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ ।…