रास्वपा महाधिवेशन : दोस्रो चरणको निर्वाचन प्रक्रियामा ढिलाइ, उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचन प्रक्रियामा ढिलाइ भएको छ । शुक्रबारका लागि तय भएको दोस्रो चरणको निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिका धकेलिएको हो । उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक हुन नसक्दा मतदान सुरु हुन सकेको छैन। निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक सूची राति १ बजे सार्वजनिक गर्ने र बिहान ४ बजेदेखि…