काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधनका क्रममा लगाएको आरोपलाई फत्तुरको संज्ञा दिएका छन् । संसद्मा बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका थिए । संसद्मा बोल्दै अर्थमन्त्री पौडेलले प्रमाणै पेश नगरी संसद्मा आरोप लगाउने गरेको र जग्गा माफिया भनेकोप्रति आपत्ति…