काठमाण्डु – ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। ललितपुर महानगरपालिका–३ पुल्चोकमा रहेको लालीगुराँस सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र…