कांग्रेस महाधिवेशन : मतपत्र सकिएर दुई पटक रोकियो भोटिङ !

काठमाण्डु - नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ । नयाँ नेतृत्व चयनका लािग विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो । मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा…