राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरण गर्न १८ जिल्लामा उपसचिव खटाइयो

काठमाण्डु-राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाएको छ । मन्त्रालयमा हालै सरुवा भएर आएकासँगै पदस्थापनको क्रममा रहेका उपसचिवलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि विभिन्न १८ जिल्लामा खटाएको हो । उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, परमानन्द…