‘फ्लोर क्रस’ गरेका गण्डकी प्रदेश सांसद देवकोटालाई माओवादीले गर्‍यो कारबाही

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत जेठ २८ गते ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ। सांसद देवकोटामाथि शुक्रबार कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । चुमानले माओवादीले देवकोटालाई कारबाही गरेको जानकारी…