काठमाण्डु – कुवेतमा मजदुरहरू बस्ने ६ तल्ले घरमा भएको आगलागीमा तीन नेपाली घाइते भएका छन् । कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले तीन नेपाली घाइते भएको जानकारी दिएका हुन् । त्यो भवनमा ५ नेपाली बसिरहेको र ती मध्य तीन जना घाइते भएको राजदूत लम्सालले बिबिसीलाई जानकारी दिएका छन् । घाइतेहरूको नाम भने खुलाइएको छैन ।…