आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय

काठमाण्डु – नेकपा एमालेले आगामी भदौ महिनामा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।