अवैध लागूऔषधसहित २ जना पक्राउ

बाँके – कोहलपुर नगरपालिका–११ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ८७० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्तिनगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा…