काठमाण्डु–बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ । अभिनेता खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी गएराति धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ । घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन । घटनापछि प्रहरीले छानबिन…