संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध जारी राख्ने एमालेको रणनीति

काठमाण्डु - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेकालागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेकालागि आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । प्रधानमन्त्री देउवाले…