काठमाण्डु-पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने छन् । कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बिहीवार सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए । न्यायाधीश नीतिज राईको इजलासमा पुस १६…