काठमाण्डु – सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकले अदालतको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र…