काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेका छन । मंगलबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले न्यायिक विचलनको आरोप लागेका प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । न्यायालयमा भइरहेको आन्दोलनको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने भन्दै उनले भने, ‘न्यायालयको गरिमा बचाउन पनि प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ ।’…