कांग्रेस अधिवेशन : क्षेत्रीय सभापतिका दाबेदारसहित गाउँपालिका उपप्रमुख वडामै पराजित

नेपालगञ्ज - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन् । कांग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारीअनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरेका डिल्ली गिरी वडामै पराजित भएका छन् । उनी बहालवाला क्षेत्रीय समितिको सचिव थिए…