काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले न्याय क्षेत्रको विवाद समाधानका लागि वार्तामा आउन बारलाई आग्रह गरेका हुन् । ‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र…