सांस्कृतिक रूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न सकदैन : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भौतिक रूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिक रूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका हुन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना…