प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने बारको तयारी, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने तयारी गरेको छ । शान्तिपूर्ण प्रर्दशनमा प्रहरी हस्तक्षेप गराएर आन्दोलन कमजोर पार्न खोजेको भन्दै प्रधानन्यायाधीश जबरालाई बिचौलियाको नाइके घोषणा गरेको बारले सर्वोच्च प्रवेश गर्न नदिने तयारी गरेको हो । बिहीबारको धर्ना विथोलिएपछि बारले आज सर्वोच्चमा जबरालाई छिर्न नदिने तयारी गरेको बार एसोसिएसनका…