रौतहटमा आगलागी, २५ घर जलेर खरानी

काठमाण्डु– रौतहटमा आगलागी हुँदा २५ घर जलेर खरानी भएका छन् । राजदेवी नगरपालिका–५ मा रहेको पासवान टोलमा गएराति आगलागी हुँदा २५ वटा घर जलेर नष्ट भएको हो । स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भई लागेको आगोले दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा, कान्ति देवी पासवानसहितका घर पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…