सेयर बजारमा २२ अंकको पहिरो, जम्मा ३ अर्बको कारोबार

काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २२.५८ अंक घटेर परिसुचक परिसूचक २५०५ अंकमा झरेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो । आज ४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ५ को स्थिर रह्यो…