ढकमक्क गुराँसले रंगियो घोरेपानी

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी गुराँस फुलेर मनमोहक बनेको छ। प्रकृतिमा रमाउनका लागि समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जंगल आकर्षक गन्तव्य बनेको छ। घोडेपानीका बासिन्दा मीना पुनले गुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानीको जंगल घुम्न, पुनहिलबाट सूर्योदय र हिमाल अवलोकन गर्न आउने पर्यटकको चहलपहल बढेको बताइन्।…