बागलुङ- बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ। विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ। नेपालको कला-संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक चार वर्षदेखि निरन्तर…