नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि

काठमाण्डु - नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आइतबारदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ। विशेष महाधिवेशनको काठमाण्डुको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन हुने छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ। मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट आउने…