काठमाण्डु – चार पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गरेका छन । पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार संयुक्त विज्ञप्ति निकालेर जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका हुन् । अहिलेको समस्या प्रधानन्यायाधीशले सिर्जित गरेको भन्दै उनी स्वयम् जवाफदेही हुनुपर्ने पूर्व प्रधानन्यायाधीशहरुको ठहर छ । त्यस्तै उनीहरुले प्रधानन्यायाधीशको स्वनिर्णयले…