काठमाण्डु – प्रेस काउन्सिल नेपालले यूट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार काउन्सिल सभाहलमा यूट्युब च्यालनका सञ्चालक/सम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानूनी प्रावधानबारे कक्षा दिइएको छ । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यूट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव…