सिस्नेरी-दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

काठमाण्डु- हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिस्नेरी–दक्षिणकालीमा सडक आजदेखि पुस ११ गतेसम्म गाडी चल्न रोक लगाइएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ…