काठमाण्डु – १ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई विशेष अदालतले ५ महिना कैद सजाय सुनाएको छ । अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको छ । अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीले सिंहलाई दोषी ठहर गरिएको जानकारी दिए ।…