रौतहटमा झडप भएपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाण्डु – रौतहट जिल्लाको ईशनाथ नगरपालिका–७ घिउरा टोलमा सरस्वती देवीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । मूर्ति सेलाउने विषयमा शनिबार साँझ २ पक्षबीच विवाद हुँदा झडप भएपछि प्रशासनले कर्फ्यू लगाएको हो । झडपमा केही स्थानीय घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीले २ पक्षबीच…