काठमाण्डु – सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्नेबारे छलफलका लागि सरकारलाई बोलाएको छ । आज शुक्रबार भएको प्रारम्भिक बहसपछि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलका लागि झिकाएको छ । शुक्रबारको छलफलमा निवेदक अधिवक्ताहरू अनन्तराज लुईंटेल,…