उपनिर्वाचनमा भोट हाल्न मतदाता नामावली दर्ताको आह्वान, यी ठाउँमा हुँदैछ निर्वाचन

काठमाण्डु- निर्वाचन आयोगले आगामी उप-निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जनाउँदै आयोगले उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत…