पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

एजेन्सी - गोपनियता ऐन अन्तर्गत गठन गरिएको विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ। उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको छ, 'पूर्व प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ र…