काठमाण्डु – प्रधानमन्त्री शेरबहादर देउवाले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर फर्कने क्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका हुन् । ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ । यसबारेमा सत्तारुढ दलबीच छलफल भइरहेको छ’ उनले भने । सर्वोच्च अदालतको आदेशबाट असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले…