राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयक पेस हुने

काठमाण्डु – राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधि सभाले पारित गरेको विनियोजन विधेयक पेस हुने बताइएको छ । दलहरुबीच सहमति भएमा सम्भवत: आजै विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पछि ७२ घण्टा संशोधन समय दिइनेछ । राष्ट्रिय सभा सदस्यहरुलाई विधेयकमाथि खर्च कटौतीको प्रस्तावसमेत राख्ने सुविधा…