काठमाण्डु - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका छन् । खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन् । 'रामचन्द्र…