काठमाण्डु-कैलालीको भजनीबाट एक करोड रुपैयाँ भन्दाबढी मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ परेका छन् । भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले शनिबार सुन, चाँदी नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर विक र…