काठमाण्डु - नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिवेशनमा युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी)ले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । सुदूरपश्चिमको बझाङ खप्तड छान्ना घर भएका सिंहले पार्टीको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् । अनेरास्ववियुबाट राजनीतिमा उदाएका सिंहले पार्टीभित्र युवाको माग र एजेण्डालाई समावेश गराउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए…