काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र केही विदेशी शक्तिहरू निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार आफैं निर्वाचन सार्ने षडयन्त्रमा लागेको बताएका हुन् । ‘तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने,…