काठमाण्डु– नेपाली कांग्रेसले राष्ट्रियसभाको उम्मेदवार टुंगाएको छ। कांग्रेसले बुधबार ९ जना उम्मेदवारको टुङ्गो लगाएको हो । कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिनालाई उम्मेदवार बनाएको छ । यस्तै लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ। आगामी माघ…