पाँच प्रदेशमा एमालेका ३६ सांसदले रोजे नेपाल नेतृत्वको नयाँ पार्टी

काठमाण्डु – नेकपा एमाले विभाजन भएपछि सांसदहरु नयाँ पार्टीमा खुल्नेक्रम जारी छ । बिहीबारसम्म गण्डकी र प्रदेश २ बाहेक पाँच वटा प्रदेशका ३६ जना एमाले सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राजेका हुन् । ३६ सांसदमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १२ सांसदले एसको पक्षमा सनाखत गराएका छन् । बागमती प्रदेश सभामा एमालेका ५६ जना…