मन्त्रालयको भागबन्डा टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धको बैठक जारी

काठमाण्डु – बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रालयको भागबन्डा टुंगो लगाउने विषयमा छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनका शीर्ष नेताहरूबीच छलफल चलिरहेको जानकारी दिए । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड,…